म्याग्दे : म्याग्दे गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत एक दिने अभिमुखीकरण कार्यक्रम गुणादीमा सम्पन्न भएको छ । उद्यमीलाई मेड्पा कार्यक्रमबारे जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रम गरिएको हो ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना आलेले सीप सिक्न चाहने व्यक्तिलाई लक्षित गर्दै सीप सिकाएर आयआर्जन गराउने बताइन् । विगतमा सीप नभएर आम्दानी गर्न नसकेका र गरिबीको रेखामुनि रहेका महिला,पुरूषलाई सीपका माध्यमवाट स्वरोजगार बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
म्याग्दे गाउँपालिका-१ का अध्यक्ष एवं प्रवक्ता शिवशरण वाग्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कार्पपालिका सदस्य बद्रीका घिमिरे , नेपाल मगर सघका अध्यक्ष नरमाया थापा,मेड्पा फोकल पर्सन प्रदिप न्यौपाने लगायतकाले लक्ष्यित समुदायका लागि सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी हुँदा मागको आधारमा तालिम पाउनेमा जोड दिए ।