ज्येष्ठ नागरिकलाई कामना बैङ्कको न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    ज्येष्ठ नागरिकलाई कामना बैङ्कको न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७८, आईतवार

    डुम्रे : कामना सेवा विकास बैंक डुम्रे शाखाले बन्दिपुरमा न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बन्दिपुर-१ स्थित बानियाँटारमा न्यानो कपडा र खाद्यान्न वितरण गरिएको हो ।

    सो क्षेत्रमा रहेका वृद्ध-वृद्धा, अपांग तथा विपन्न १५ घर परिवारलाई सहयोग गरिएको कामना सेवा बिकास बैंक डुम्रे शाखाका शाखा प्रमुख प्रताप लौडारीले बताए ।

    वडा अध्यक्ष भानुभक्त पोखरेलले बैंकले गरेको कार्य प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गरे ।