दमौली : विश्व मधुमेह दिवसको अवसरमा आइतबार आयोजित शिविरमा ५६ जनाको मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ तनहुँ सत्यवती, लियो क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँ निर्मल अल्फाको संयुक्त आयोजनामा भएको शिविरमा ५६ जनाको परीक्षण गरिएको हो ।
कार्यक्रममा मधुमेह रोगको कारण, लक्षण र निदानका बारेमा दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले सहजीकरण गरेका थिए ।