थर्पुमा व्याडमिन्टन प्रतियोगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    थर्पुमा व्याडमिन्टन प्रतियोगिता सुरु

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७८, बुधबार

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु युवा क्लवको आयोजनामा बुधबारदेखि थर्पुमा व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेल क्षेत्रको विकासका लागि गाउँपालिका सदैव प्रतिबद्ध रहेको बताए ।

    प्रतियोगिता बि लेभलतर्फ २० र सि लेभलतर्फ ३५ टिमको सहभागिता रहेको छ । मङ्सिर ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बि लेभलतर्फ प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु १५ हजारका साथमा मेडल र ट्रफी प्रदान गरिने खेल संयोजक दिपक श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै सि लेभलतर्फ प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु १५ हजार र तृतीय हुनेलाई रु पाँच हजारका साथमा मेडल र ट्रफी प्रदान गरिनेछ ।

    विसं २०५९ सालमा स्थापना भएको क्लवले मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले विविध सांस्कृतिक, रचनात्मक, सामाजिक र युवा लक्षित कार्यक्रम गर्दै आएको छ ।

    यसैबीच सोही अवसरमा क्लवको निर्माण गरिएको भवनको पनि उद्घाटन गरिएको छ । म्याग्दे गाउँपालिकाको रु तीन लाख ५० हजार र क्लवको रु एक लाख ५० हजार गरी रु पाँच लाखको लागतमा भवन निर्माण गरिएको क्लवका अध्यक्ष विष्णु नेपालीले जानकारी दिए ।