नेपालको राजनैतिक आन्दोलनमा कम्युनिष्ट आन्दोलनको भूमिका विशिष्ट रहेको छ । शुरुवाती चरणदेखी नै कम्युनिष्ट राजनिती को अलग अलग धुव्रमा विभाजित भएता पनि परिवर्तनको घडिमा कम्युनिष्ट आन्दोलनले खेलेको भुमिका अविस्मरणीय छ । कम्युनिष्ट अर्थात कम्युजन यानेकी समुदायमा आधारित पार्टी विशेष गरि किसान, मजदुर, सर्वहारावर्ग, हेपिएको, समाजमा पेलिएको वर्ग उत्थानका प्रतिनिधित्व गर्ने पार्टी हो । तनहुँको कम्युनिष्टको राजनैतिक ईतिहासमा आचरण, निष्ठा र ईमान्दारको प्रतिमुर्ति हुन् केदार सिग्देल । जसले कम्युनिष्टको गुण र आचरण वोकेका छन् ।
करिव ५ दशक अघिदेखी समाज परिवर्तनका लागी आन्दोलनको रापतापमा होमिएका केदार सिग्देल जिल्लामा सादगी, समान्य, निष्ठा र आर्दशका पात्रका रुपमा दर्जित छन् । २०३५ सालदेखि अनेरास्ववियुको पिएन क्याम्पस पोखरा वाट राजनिती होमिएका केदार सिग्देल ५ दशक पछि पनि उस्तै समान्य र जनाधारित नेता हुन् । सत्य र न्यायका लागी सतिशाल झै उभिने विचारमा ढृढता वोकेका सिग्देल अभाव र प्रभावका राजनितीवाट टाढा छन् । कम्युनिष्ट त्यसैमा पनि पार्टीमा विचार प्रधान हुन्छ भन्ने मान्यता वोकेका सिग्देल २०३६ सालमा नेकपा मालेको सम्पर्क कमिटीका युथलिगमा संगठित भए ।
तनहुँको राजनीति प्रजातन्त्र अर्थात नेपाली काग्रेसको वाहुल्यता रहेको ठाँउ, त्यसमाथि पनि रामचन्द्र पौडेल, गोविन्दराज जोशी जस्तो हस्ती नेताको जिल्ला हो । यस्तो काग्रेसको गढ मानिने तनहुँमा गएको २०७४ सालको निर्वाचनमा केदार सिग्देलले आफनो नेतृत्वमा संघ तर्फ २ सिट नै र प्रदेश तर्फ ४ सिट नै कम्युनिष्ट लाई जिताएर आफनो नेतृत्वको अव्वलता प्रकट गरेका छन् । यो निर्वाचनसँगै तनहुँमा काग्रेस क्लिन स्वाप भएको थियो । जुन तनहुँको राजनितीमा सुनौलो अक्षरले लेखिनेछ ।
राजनैतिक जीवनमा जेल, नेल र अनेकौ कष्ठ भोगेका नेता हुन्, केदार सिग्देल । समाज परिवर्तनका लागी युवा अवस्था देखि नै राजनितीमा होमिएका सिग्देल तनहुँ जिल्लाका तत्कालिन किहुँ गविसको वडा न. ४ मा २०२० साल असोज ५ गते जन्मिएका हुन् । वुवा भोजराज सिग्देल र माता निलमाया सिग्देलको कोखवाट जन्मिएका सिग्देल २०३५ सालदेखि नै विद्यार्थी आन्दोलनमा लागेर समाज परिवर्तनका लागी जीवन व्यतित गरे ।
२०४२ सालमा नेकपा मालेको भातृ संगठन गण्डकी सम्पर्क कमिटीका अध्यक्ष बनेर नेतृत्व गरे । त्यसवेला देखी हालसम्म पनि उत्तिकै क्रियाशिल रहेका सिग्देल हाल प्रतिनिधी सभाका सदस्य एवं नेकपा एमाले तनहुँका जिल्ला अध्यक्ष समेत हुन् । राजनितिको अनेकौ तिकडम सहेका सिग्देलले २०७४ सालको निर्वाचनमा तत्कालिन नेकपा लाई तनहुँको ६ वटै सिट जिताएर तनहुँमा कम्युनिष्ट आन्दोलनलाई जर्वजस्त स्थापित गराए ।
तत्कालिन समय ०४२–०४३ सालमा नेकपा मालेको तनहुँ जिल्ला को पार्टी सक्रिय दलको सचिव भई काम गरेका सिग्देलले २०४६ सालको जनआन्दोलनमा पश्चिम भेगको सशक्त नेतृत्व गरेका थिए । पार्टीको पुर्णकालिन कार्यकर्ता भई काम गरेका सिग्देलले यस अवधिमा पन्चायती व्यवस्थाले दिएको दुखले आफुलाई राजनितीमा थप प्रेरणा मिलेको वताए । राणाशासन र त्यसपछि पन्चायती व्यवस्थामा कम्युनिष्टको झिल्को कोर्नु सहज थिएन, निश्चित ४, ५ जना नेताहरु सँगै समाज परिवर्तनका लागी हिडेका पाईलाहरु ६ दशक पछि पनि रोकिएका छैनन । उद्येश्य एउटै थियो । समाज र वर्ग उत्थान, व्यक्तिगत जीवनहरु सवै गौण थिए ।
२०४६ को जनआन्दोलनले मुर्त रुप लिएपछि तत्कालिन माले र माक्र्सवादी मिलेपछि २०४७ सालमा गठन भएका नेकपा एमालेका जिल्ला सदस्य वने, केदार सिग्देल । २०४७ साल देखि २०६० सालसम्म जिल्ला सदस्यका रुपमा काम गरेका सिग्देल अझै १५ वर्ष समाज परिवर्तनमा लाग्ने वताउछन् । प्रतिनिधीसभा का सदस्य एवं नेकपा एमाले तनहुँका अध्यक्ष सिग्देल फुर्सद हुनासाथ घरमा गएर कृषि पेशामा रमाउछन् । मान्छे हरु कुनै पनि समय खाली वस्नु हुदैन, जहाँ छौ, त्यहि भएको काम गर्नुपर्दछ । कर्म नै परिवर्तनको संवाहक हो, उनि भन्दछन् । उनको यहि सादगी जीवन र उच्च विचार नै आम कार्यकर्ताको विश्वासको जग हो । त्यही आम जनता र कार्यकर्ताको विश्वासको जगले तनहुँमा सिग्देलले आफनो नेतृत्वमा कम्युनिष्टको किल्ला वनाउन सफल बने ।
सादा भोजनमा रुची राख्ने सिग्देल पार्टी भुमिगत काल देखि नै जिल्लाको भुभागलाई आफनो वनाए । जिल्लाको हरेक भुभागमा पुगेका सिग्देल आम जनता र कार्यकर्ता सँगै चाडै घुलमिल हुन सक्दछन् । गाँउले जीवनलाई नजिकवाट नियालेका सिग्देल आफुले टेकेको धरातल नै आम कार्यकर्ता र जनता भएको वताउछन् । जनताको सुख दुख मा साथ दिने सिग्देललाई जिल्लामा कम्युनिष्टको पर्यायको रुपमा चित्रण गर्दछन् । जिल्लामा कम्युनिष्टको असली रुप हो केदार सिग्देल । जसको आशा र विश्वासमा जनता र कार्यकर्ता पछाडी लाग्दछन् ।
पार्टीमा समान न्यायमा प्रतिवद्ध सिग्देल विचार र दृष्टिकोणमा भने कठोर छन् । जिल्लाको विकट ठाँउवाट आएर पनि नेकपा एमालेको जिल्लाको २ कार्यकाल नेतृत्व गरेका सिग्देल अभाव र प्रभाववाट कदापी विचलित भएनन् । यो तनहुँको राजनितीमा आम कार्यकर्तालाई थाहा छ । कार्यकर्ता र नेताका स्वार्थलाई चिन्न सक्ने केदार राजनितीको विचारमा अडिग नेता हुन् । विना स्वार्थ पार्टीमा लागेका सिग्देल कुनै पनि दवावमा झुकनन् । पार्टी र संगठन जोगाउने, देश लाई केन्द्र भागमा राखेर हेर्ने हो भने स्वार्थ प्रधान वन्नु हुदैन । सिग्देलको यहि आस्था तनहुँका कम्युनिष्टका लागी आर्दश बनेका छन् ।
विचारले नेतृत्व गर्नुपर्दछ भन्ने सोच भएका सिग्देल पार्टीमा कहिलेकाही अवसरवादी हावी हुन खोजे पनि त्यो क्षणिक हुने वताए । स्वार्थका झुण्डहरु विभिन्न नाममा देखिन्छन् । त्यसवाट नेतृत्व र विशेष गरि कम्युनिष्टका नेता जोगिनुपर्ने वताए । सत्य र न्यायका पक्षमा वोल्दा धेरै झमेला भोगेका सिग्देल अन्तत न्यायको नै जित हुने बताए ।
साधारण जीवनशैली, सादा खानपिन र सफासुग्घरमा ध्यान दिने सिग्देलले राजनीतिमा स्नातोकोत्तर र कानुनमा विएल गरेका छन् । २०६० साल देखि २०६५ सालसम्म जिल्ला कमिटीको उपसचिव वनेर काम गरेका कार्यकर्ता विचार र दृष्टिकोणवाट विचलित हुन नहुने वताए । २०६६ सालमा पार्टीभित्रको निर्वाचनवाट अध्यक्ष वनेका सिग्देल २०७० सालमा दोश्रो कार्यकालका लागी पुन जिल्ला अध्यक्षमा निर्वाचित वने । २०७५ सालमा तत्कालिन माओवादी केन्द्र र एमालेको एकीकरण पछि नेकपाका समेत अध्यक्ष वनेका सिग्देल ०७७ फागुण पछि एमालेको जिल्ला अध्यक्षका रुपमा क्रियाशिल छन् । पद गौण हो । राजनितीमा स्वार्थता हावी हुन हुदैन । पद भन्दा जिम्मेवारिता ठुलो हुने वताएका सिग्देलले जो जहाँ वाट सकिन्छ, समाज परिवर्तनका लागी भुमिका खेल्नुपर्ने वताए । राजनितीमा ईमान्दारिता र नैतिकता नै सवैभन्दा ठुलो हतियार हो, यसमा कर्मलाई प्रधान दिएर सामुहिकतामा जोड दिन सकिएमा समाज परिवर्तन असम्भव छैन, सिग्देलले भने ।
२०४९ मा भएको नेकपा एमालेको पाचौ महाधिवेशनवाट हालसम्म निरन्तर रुपमा महाधिवेशन प्रतिनिधी वनेका सिग्देल १० औ महाधिवेशनको संघारमा पुन महाधिवेशन प्रतिनिधीमा चयन भएका छन् । लामो समय जिल्लामा रहेर काम गरेका सिग्देल अव केन्द्रमा आफनो स्वभाविक हक भएको वताए । जिल्लामा पुन पार्टी अध्यक्ष अव सम्भव छैन, वाकी राजनैतिक तथा समाजिक परिवर्तनको भुमिका केन्द्रवाट नै दिनुपर्ने उनले बताए । तनहुँका ६ सिटमा नै कम्युनिष्टलाई जिताएर ईतिहास रचेका सिग्देल पार्टीले आफनो योगदानको कदर हुने वताए । करिव ५ दशक पार्टी र देश परिवर्तनका लागी लडेका सिग्देलले भने, पार्टी नै सवैभन्दा ठुलो हो, पार्टीले अवश्य न्याय दिने विश्वास लिएको छु ।