अन्तिम समयमा २ गोल गर्दै बार्सिलोना विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तिम समयमा २ गोल गर्दै बार्सिलोना विजयी

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७८, आईतवार

    एजेन्सी : ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले भियारियाललाई ३-१ ले पराजित गरेको छ । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि बार्सिलोनाले ला लिगामा लगातार दोस्रो खेल जितेको हो ।

    मेम्फिस डिपाएर र फिलिप काउटिन्होले अन्तिम दुई मिनेटमा गोल गरेपछि बार्सिलोनाले जित हात पारेको हो ।

    भियारियालको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४८औं मिनेटमा फ्रेन्की डे जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा सामुएल चुकवेजाले भियारियालका लागि बराबरी गोल फर्काए ।

    बराबरीतर्फ अघि बढिरहेको खेलको ८८औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी टाइममा काउटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले ३-१ ले खेल जितेको हो ।

    जितपछि १४ खेलबाट २३ अंक जोडेको बार्सिलोना सातौं स्थानमै यथावत छ । भियारियाल १४ खेलबाट १६ अंकसहित १२औं स्थानमा छ ।