वैदेशिक रोजगार प्रहरीबल गठन गर्ने मन्त्री श्रेष्ठको योजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वैदेशिक रोजगार प्रहरीबल गठन गर्ने मन्त्री श्रेष्ठको योजना

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०७८, सोमबार

    काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले श्रम प्रहरी र वैदेशिक रोजगार प्रहरी स्थापना गर्ने बताएका छन् । 

    आन्तरिक श्रम प्रशासन सञ्चालन गर्ने श्रम विभाग र वेदैशिक रोजगार प्रशासन सञ्चालन गर्ने वैदेशिक रोजगार विभागका कामहरूलाई प्रभावकारी बनाउन श्रम र वैदेशिक रोजगार प्रहरी बलको आवश्यकता महसुस गरिएको मन्त्री श्रेष्ठले बताए ।

    मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागमा प्रहरी नायब उपरीक्षक ९डीएसपी ० सरहको अधिकृतको नेतृत्वमा सुरक्षाबल राख्नुपर्ने आवश्यकता महसुस गरिएको बताए ।

    हाल राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरीलाई निगरानी र अनुसन्धानको काममा लगाएको छ भने काठमाडौ महानगरपालिकासहित स्थानीय निकायले नगर प्रहरी स्थापना गरेर काम गरिरहेका छन् । 

    मन्त्री श्रेष्ठले वैदेशिक रोजगार प्रहरी स्थापना भएपछि विभागलाई अनुगमन लगायतका काममा सहज हुने ठानेर वैदेशिक रोजगार प्रहरी स्थापना गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल गरिरहेको समेत बताए । विभागमा नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । तर अनुगमनमा जाँदा सम्बन्धित क्षेत्रको नेपाल प्रहरीको युनिटको सहयोग लिने गरेको छ ।