किसान र विज्ञको सवाल जवाफ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    किसान र विज्ञको सवाल जवाफ

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०७८, शनिबार

    भिमाद:तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा बाख्रा पालक किसान र विज्ञबिच अन्तरक्रिया गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सुचना तथा प्रशिक्षण केन्द्रको आयोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको समन्वयमा बाख्रा पालन प्रविधि सम्बन्धी विज्ञ र किसानबिच प्रश्नोत्तर कार्यक्रम किसान प्रश्न मञ्च गरिएको हो । कार्यक्रममा किसानले भोगेका समस्याबारे विज्ञसँग अन्तरक्रिया गरेका थिए ।

    पाथर्दी वोयर जातको बाख्रा पालनले परिचत गाउँ हो । यहाँका किसानले बोयर जातको बाख्रा पालनबाट मनग्य आम्दानी गर्न सफल छन् । स्थानीय बाख्रा पालक किसानले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठ र भिमाद नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलसँग बाख्रा पालनमा देखिएका नीतिगत समस्या र बाख्राको स्वास्थ्य, आहार, नश्ल सुधार र बजारीकरणबारे प्रश्न राखेका थिए । किसानका लागी दिईने अनुदान, ऋण र बिमा प्रकृया झन्झटिलो भएको किसानहरुको गुनासो थियो । किसानको गुनासोमा विज्ञले प्रस्ट्याए ।

    प्रश्न मञ्चमा बोल्दै पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. श्रेष्ठले वोयर जातको बाख्रा अब मासुका लागि विक्री गर्न तयार हुनुपर्ने बताए । ‘सधै ब्याडका लागि मात्रै विक्री हुदैन् । अब मासुका लागि वोयर विक्री हुन्छ र मुल्य कम पाइन्छ भन्ने मनस्थिती किसानले बनाउनुपर्छ’, उनले भने ।

    विज्ञसँग प्रश्नोत्तरका लागि पाथर्दीसँगै आसपास गाउँका किसानको सहभागिता थियो । विज्ञसँग नीतिगत र प्राविधिक विषयमा सवालजवाफ गर्न पाएपछि बाख्रा पालन व्यवसायमा सुधार हुने पाथर्दीका अगुवा बाख्रा पालक किसान शिवकुमार आलले बताए । ‘किसानलाई प्राविधिक र नीतिगत ज्ञानको समस्या छ । विज्ञसँग पहुँच नपुग्दा धेरै नोक्सानी व्यहोनुपर्ने हुन्छ । बेलाबखत किसानमाझ यस्ता कार्यक्रम भए व्यवसाय विस्तारमा सहयोग पुग्दछ’, उनले भने ।