स्याउलीमा कारको ठक्करबाट दुई पैदलयात्री घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्याउलीमा कारको ठक्करबाट दुई पैदलयात्री घाइते

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०८२, शुक्रबार

    दमौली, १९ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिका–१ स्याउलीमा कारको ठक्करबाट बिहीबार दुई पैदलयात्री घाइते भएका छन् ।

    दमौलीबाट डुम्रे तर्फ आँउदै गरेको बा.प्र.०१–०२७ च ७४६४ नम्बरको कारको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते हुनेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७ बस्ने ३८ वर्षीया लिला जौशी र बेनी नगरपालिका–२ बस्ने ३८ वर्षीय लिला सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    घाइतेको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सुधार भएको उनले बताए ।