दुलेगौडा । लायन्स क्लव अफ भिमाद ग्रिन सिटीले आयोजना गरेको रक्तदानमा ७४ पिन्ट रगत संकलन भएको छ । अस्पतालमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै क्लवले रक्तदान गरेको थियो।
रगतको अभाव हुँदा जो कसैको पनि अकालमा ज्यान जान सक्ने भएकाले रगत संकलन गरिएको क्लवका अध्यक्ष कोपिला नेपालीले बताइन्। उक्त कार्यक्रमको संयोजन विष्णु श्रेष्ठले गरेका थिए ।