शुक्लागण्डकी एफएमको अध्यक्षमा ज्योति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी एफएमको अध्यक्षमा ज्योति

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७८, सोमबार

    दुलेगाैडा । शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जको अध्यक्षमा ज्योति श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको तनहुँ मिडिया नेटवर्क प्रालिको विशेष अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

    उनी यसअगाडी एफएम सञ्चालक समितिको बरिष्ठ उपाध्यक्ष थिए । एफएमका अध्यक्ष पुर्णकुमार श्रेष्ठको निधन भएपछि श्रेष्ठले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  

    विशेष अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई चयन गरेपनि अन्य पदाधिकारी र सदस्य यथावत् नै रहेका छन् ।  समितिको उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवाई ऋतु, कोषाध्यक्षमा शिव पौडेल, सहसचिवमा सुरेन्द्र पौडेल रहेका छन् । सदस्यमा बुद्धिबहादुर थापा, टिकाराम श्रेष्ठ, सुजित हिराचन, दिनेश घिमिरे, हरिलाल रिमाल, सुवासचन्द्र गिरी र राजेन्द्र पौडेल छन् ।

    विशेष महाधिवेशनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य आरजु विष्ट सल्यानीले रेडियोलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताए । एफएमका शेयर सदस्य एवम शुक्लागण्डकी नगरपालिका–६ का वडा सदस्य बुद्धिबहादुर थापाले समाज रुपान्तरणको अभियानमा एफएम रेडियोले भुमिका खेल्नुपर्ने आवश्यकता औल्याए । एफएमका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले बौद्धिक जमातमाझ शुक्लागण्डकी एफएमले छुट्टै पहिचान बनाएको  दावी गरे ।

    कार्यक्रममा उत्कृष्ट स्रोता, विज्ञापनदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी कार्यक्रम प्रमुख सावित्रा कोइराला, उत्कृष्ट स्रोता भिमाद नगरपालिका–५ पाटनकी सजिना गुरुङलाई सम्मान गरिएको छ । उत्कृष्ट विज्ञापनदाताको रुपमा एमएचपी शैलुन दुलेगौंडाका सञ्चालक अब्दुल कयुम, सुलभ मोबाईलका सञ्चालक राजेन्द्र पौडेल र दिर्घायु फर्निचरका सञ्चालक लक्ष्मीराज वाग्लेलाई सम्मान गरिएको छ ।

    एफएमले प्रत्येक वर्ष उत्कृष्ट कर्मचारी, स्रोता र विज्ञापनदातालाई सम्मान गर्दै आएको छ । ६ बर्ष अगाडी एफएमको स्थापना गरिएको हो । तनहुँसँगै कास्की, स्याङजा, पाल्पा, नवलपुर लगायतका जिल्लामा एफएम सुन्न सकिन्छ ।