अलफ्टको ‘कस्टमर अप्रिसिएसन अवार्ड’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    अलफ्टको ‘कस्टमर अप्रिसिएसन अवार्ड’

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०७८, शुक्रबार

    काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटलअलफ्ट काठमाडौंले क्रिसमसको अवसरमा बर्ष भरिमा सहयोग गर्ने पाहुनाहरुको सम्मानमा ‘कस्टमर अप्रिसिएसन अवार्ड’ आयोजना गरेको छ । कार्यक्रममा ज्याज म्युजिक, अवार्ड र ककटेल डिनर रहेको थियो ।

    कार्यक्रममा करिब तीन सय सँस्था तथा ब्यक्तीहरुलाई निम्तो गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए । अलफ्टको विश्वभर छब्बीस वटा देशमा एक सय चालिस भन्दा बढि होटलहरू सञ्चालमा रहेको छ । नयाँ प्रविधि, संगित र नयाँ डिजाइन सहितको होटल अलफ्ट होटल क्षेत्रको एउटा नयाँ पुस्ता हो ।

    जसले पाहुनाहरूको अनुभवलाई आनन्दित बनाउने काम गरिरहेको छ । अलफ्ट काठमाडौं, शान्ती हस्पिट्यालिटी म्यानेजमेन्ट सर्भिसेसद्धारा सञ्चालित छ । अलफ्ट होटलहरू मेरियट इन्टर्नेशनलकै एउटा छुट्टै ब्रान्ड हो । हस्पिट्यालिटिको क्षेत्रमा एउटा छुट्टै साम्राज्य खडा गरेको मेरियट इन्टरनेशनलको विश्वभर तिस भन्दा बढि ब्रान्डहरू र सात हजार भन्दा बढि होटलहरू रहेको छ ।