भिमाद । तनहुँको भिमाद नगरपालिकामा खोरेत रोग देखिएपछि नगर क्षेत्रभित्र पशुवस्तुको आवतजावत र ओसारपसार बन्द गरिएको छ । भिमाद नगरपालिका–८ मा खोरतेसँग मिल्दोजुल्दो लक्षण देखिने गरी रोग देखा परेकाले पुस १३ गतेदेखि एक महिनाका लागि पशुवस्तुको आवतजावत र ओसारपसार बन्द गरिएको हो ।
नगरप्रमुख स्तरीय निर्णय अनुसार खोरेत रोग लाग्ने पशुवस्तुहरु गाईभैसी, भेडाबाख्रा र बङ्गुर सुङ्गुरको ओसारपसार पूर्ण रुपमा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताए । उनका अनुसार रोग निदानका लागि नमूना पठाइसकिएको छ ।
नगरपालिकाले खोरेग रोग नियन्त्रणमा सहयोग पु¥याउन अनुरोध गरेको छ । फार्म, गोठमा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न, अनावश्यक रुपमा अरुको फार्म, गोठमा नजान, गोठको काम गर्दा लगाएको लुगाकपडा र जुत्ताचप्पल अरु बेलामा प्रयोग नगर्न, फार्म, गोठमा पालिएका पशुवस्तुमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको पशु सेवा केन्द्रमा खबर गर्न र नियमित रुपमा फार्म, गोठ वरपर, चुन, साइट्रिक, एसिड वा भिर्कोन छर्न आग्रह गरिएको छ ।