प्राविधिक शिक्षा र सीपको आवश्यकता छ : उपाध्यक्ष डा. काफ्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्राविधिक शिक्षा र सीपको आवश्यकता छ : उपाध्यक्ष डा. काफ्ले

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७८, सोमबार

    दमाैली । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्राविधिक शिक्षा र सीप अहिलेको आवश्यकता रहेको बताएका छन् । तनहुँको भिमादस्थित प्राविधिक शिक्षालयले चालु आर्थिक वर्षको विशेष छात्रवृत्ति अन्तर्गत अध्ययनका लागि भर्ना भएका प्रशिक्षार्थीलाई स्वागत गर्न साेमबार आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष काफ्लेले प्राविधिक शिक्षाले मात्रै दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए ।

    राज्यको लगानी अनुसार राज्य र अभिभावक दुवैको अपेक्षा पूरा हुने गरी लाग्न उहाँले प्रशिक्षार्थीलाई शुभकामना दिए । श्रमको सम्मान हुने समाज निर्माण गर्नुपर्ने बताउँदै काफ्लेले प्राविधिक शिक्षामा आकर्षण बढेको उल्लेख गरे ।

    गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमालले प्राविधिक शिक्षामा पछिल्लो समय आर्कषण बढ्दै गएको बताउँदै सीप सिकेर देशमा स्वरोजगार बन्नुपर्ने बताए ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले देशको आर्थिक समृद्धि र विकासको आधार प्राविधिक शिक्षा भएकाले राज्यले लगानी बढाउनुपर्ने बताए । उनले तीन तहका सरकारले लागत साझेदारीको आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै आगामी दिन प्रदेश सरकारलाई लगानी बढाउन समेत आग्रह गरे । भिमाद नगरपालिका शाखा अधिकृत टेकावती ढकालले प्राविधिक शिक्षामा पछिल्लो समय आर्कषण बढेको बताइन् ।

    सिटिइभिटीले नेपाल सरकारबाट आर्थिक वर्ष ०७८÷७९ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम देशभरका नेपाल सरकारबाट सूचीकृतत सुविधा वञ्चित २२ वटा समूहहरुका छात्र छात्राहरुलाई प्रि–डिप्लोमा तथा डिप्लोमा विशेष प्राविधिक छात्रवृति कार्यक्रम सञ्चालनमा ल्याएको छ । तनहुँ प्राविधिक शिक्षालयले यस शैक्षिक सत्र मा प्रि–डिप्लोमा तह १८ महिने बाली विज्ञान विशेष छात्रवृति कार्यक्रम सञ्चालन गरेको तनहुँ प्राविधिक शिक्षालय भिमादका प्रमुख प्रदीपराज पौडेलले जानकारी दिए ।