शिवालय मन्दिर नजिक शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    शिवालय मन्दिर नजिक शव फेला

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक मङ्गलबार एक व्यक्तिको शव फेला परेको छ । मन्दिर नजिकै रहेको धर्मशालाको पेटीमा तराई मूलको जस्तो देखिने व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    करिब ३० वर्षको पुरुष व्यक्तिको शव फेला परेको र नामथर वतन छैन । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ । ती व्यक्तिको पहिचान खुलाउन आवश्यक प्रयास भइरहेको प्रहरी बताउँछ ।