दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै पृथ्वीजयन्तीका दिन बिदा दिन माग गरेका हुन् ।
राष्ट्र एकीकरणको नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्त भन्दा माथि राखेर उहॉको जन्मजयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट नपुग्ने भएकाले उक्त दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरिएको घर्तीले जानकारी दिए ।