दुलेगौडा । पृथ्वीजयन्तीको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आइतबार प्रेस विज्ञप्ती सार्वजनिक गरी बिदा दिने निर्णय भएको जनाएको हो ।
उक्त दिन नगरपालिका कार्यालय, सबै वडा कार्यालय, विद्यालय बन्द हुने उपसचिव नवराज चापागाईले जानकारी दिए । पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने शुक्लागण्डकी जिल्लाको पहिलो पालिका हो।