पाथर्दी भलिबलमा सेमिफाइनल समिकरण पुरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पाथर्दी भलिबलमा सेमिफाइनल समिकरण पुरा

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७८, आईतवार

    दुलेगौँडा : भिमाद नगरपालिका–९ पादर्थीमा जारी साविक वडा स्तरीय भलिबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पर्यटन प्रबद्र्धनका लागी पाथर्दी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आइतबार क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएको छ ।

    डेढगाँउ, आग्रीडाँडा, हैदेगा र सरडाँडा सेमिफाइनल प्रवेश गरेका छन् । आइतबार पाँच खेल भए ।

    पहिलो खेलमा पिरुङलाई २–० को सोझो सेटमा हराउँदै अग्रिडाँडा क्वाटरफाइनल प्रवेश गरेको थियो । दोस्रो खेलमा बोक्सानलाई २–० को सोझो सेटमा हराउदैँ हैदेगा सेमिफाइनल प्रवेश गरेको हो ।

    तेस्रो खेलमा आयोजक ‘ए’ लाई २–० को सोझो सेटमा हराउदैँ सरडाँडाले पनि सेमिफाइनल यात्रा तय ग¥यो । चौथो खेलमा अग्रिडाँडा विजयी भयो । रघुलाई २–१ को सेटमा हराएर अग्रिडाँडा विजयी भएका हो ।

    अन्तिम खेलमा आयोजक पाथर्दी ‘सि’ लाई २–० को सोझो सेटमा हराउदै डेडगाउँ सेमिफाइनलमा पुग्न सफल भयो ।

    सेमिफाइनल र फाइनल खेल माघे संक्रान्तिको दिन हुनेछ । सेमिफाइनलमा डेढगाउँ र अग्रिडाँडा, हैदेगा र सरडाँडाबिच भिडन्त हुनेछ ।

    विहीबार सुरु प्रतियोगिताको विजेताले नगद ६० हजार रुपैयाँको साथमा नौ थान जर्सी पाउने आयोजकले जनाएको छ । उपविजेताले ४० हजार रुपैयाँको साथमा नौ थान जर्सी पाउनेछन् ।

    तेस्रोले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, चौथोले १० हजार हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने जनाईएको छ । प्रतियोगितामा ३० समुह सहभागि थिए ।

    खेल भिमाद नगरपालिका–९ पाथर्दी खेलमैदानमा हुनेछ । पाथर्दी सामुदायिक होमस्टे र पाथर्दीै वोर बाख्रा स्रोत केन्द्र प्रतियोगिताको संरक्षकको रुपमा रहेका छन् । क्लबले माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम पनि गर्दैछ ।