प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७८, बुधबार

    दमाैली । प्रेस चौतारी तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शाखाको बुधबार सम्पन्न नवौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

    शाखाको उपाध्यक्षमा कृष्णचन्द्र न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य, कोषाध्यक्षमा मदन तिमिल्सिना चयन भएका छन् ।

    अधिवेशनबाट शाखाको सदस्यहरुमा धु्रव सुवेदी, सविन लामिछाने, अञ्जन परियार, शर्मिला विक र अशोक विक चयन भएका छन् ।

    यसअघि अधिवेशनकाे नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले उद्घाटन गरेका थिए ।