कोरोना कहर : कृषि तथा पशुपंक्षी मेला स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना कहर : कृषि तथा पशुपंक्षी मेला स्थगित

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७८, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले माघ ३० गतेदेखि आयोजना गर्न लागेको तनहुँ कृषि तथा पशुपंक्षी मेला स्थगित भएको छ । नगरपालिकाले तीन दिनसम्म गर्न लागेको मेला कोरोना जोखिमका कारण स्थगित भएको हो ।

    हाल कोभिड–१९ फैलन गई नेपाल सरकारले २५ जना भन्दा बढीको सङ्ख्यामा भीडभाड नगर्नु भनी सार्वजनिक सूचना समेत जारी गरेकाले अर्को सूचना नभएसम्मका लागि मेला स्थगित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्दलले जानकारी दिए । “मेलामा अत्याधिक भीड हुने अवस्थालाई मध्यनजर गरी अहिले उक्त मेला गर्न उपयुक्त ठानिएन,” सिग्देलले भने ।