दमाैली । तनहुँको व्यास नगरपालिका–११ दरैपधेंरामा बिहीबार एक युवाको शव फेला परेको छ । अन्दाजी २५÷३० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । मृत अवस्थामा फेला परेको व्यक्तिको पहिचान नखुलेको उनले बताए । प्रहरीका अनुसार ती व्यक्तिको टाउकोमा चोट देखिएको छ ।