दमौली । व्यास नगरपालिकाले माघ १५ सम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोरोना जोखिम बढेपछि नगरपालिकाले पुस ३० देखि माघ १५ सम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
हिउँदै विदा लगायतका विदाहरुबाट कट्टी हुने गरी विद्यालय बन्दका लागि सरकारको निर्देशन भएकाले सबै विद्यालय बन्द गर्न भनिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए ।
परीक्षा सञ्चालन र खोपको निरन्तरता भने रहने नगरपालिकाले जनाएको छ।