माघेसङ्क्रान्तिले सबै नेपालीबीच सद्भाव कायम गर्छ : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माघेसङ्क्रान्तिले सबै नेपालीबीच सद्भाव कायम गर्छ : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ३० पुष २०७८, शनिबार

    काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले माघेसङ्क्रान्ति पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । थारु समुदायको महान् पर्व माघी तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने माघेसङ्क्रान्तिको अवसरमा शनिबार शुभकामना दिँदै श्रेष्ठले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

    विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरित गरोस् भन्ने कामना गर्दै श्रेष्ठले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकोले स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर चाडपर्व मनाउन पनि आग्रह गरेका छन् ।