दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ४६ जनाको एन्टिजेन परीक्षण गरिएकामा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।
‘केहीलाई रुघाखोकी र ज्वरो आउने लक्षण देखिएको थियो । एन्टिेजेन गर्दा ११ जनालाई संक्रमण पुष्टी भएको छ’, उनले भने । कर्मचारी बाहेक थप दुई जनामा पनि कोरोना पुष्टि भएको छ । कर्मचारीलाई कोरोना देखिएपनि कार्यालयको सेवा भने बन्द गरिएको छैन् ।
बुधबार बैठक बसेर कार्यालयको सेवा बन्द गर्ने नगर्नेबारे निर्णय गरिने प्रमुख प्रशासकिय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । पछिल्लो समय कोरोना संक्रमण निकै तिब्र गतिमा फैलिएकाले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न उनको अनुरोध छ ।