कोरोना जोखिम बढ्दै : माओवादी वडा भेला गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    कोरोना जोखिम बढ्दै : माओवादी वडा भेला गर्दै

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७८, शनिबार

    दमौली । कोरोना सङ्क्रमण बढेपछि सरकारले बैठक, भेला, भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले माध ५ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशमा पनि भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ।

    तर बन्दीपुरमा भने उक्त आदेशको उल्लङ्घन गर्दै माओवादीले भेला गर्दै कार्यक्रम गरिरहेको छ।

    शुक्रवार नेकपा माओवादी केन्द्रले बन्दीपुर-२ स्थित कुवादी आर्थुम्कामा टोल कमिटी गठन गरेको हो । कार्यक्रममा सहभागीहरु बिना मास्क र भौतिक दूरी बिनै उपस्थित हुँदा जोखिम झनै बढेको छ ।