कोभिड खोपको दोस्रो मात्रा पूरा गर्नेमा आँबुखैरेनी उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कोभिड खोपको दोस्रो मात्रा पूरा गर्नेमा आँबुखैरेनी उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०७८, आईतवार

    दमाैली । कोरोना विरुद्धको खोपको दोस्रो मात्रा पूरा गर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोपको दोस्रो मात्रा पूरा गराउने पालिकातर्फ आँबुखैरेनी उत्कृष्ट हुन सफल भएको हो ।

    प्रदेशभित्रका ८५ पालिकामध्ये उत्कृष्ट १५ भित्र परेर गाउँपालिका १३ औं हुन सफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । उनका अनुसार गाउँपालिकाभित्रका ९३.४ प्रतिशतले खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो मात्रा लगाउने अझै बढी छन् । सबैको सहयोगका कारण खोप अभियान सञ्चालन गर्न सफल भइएको र उत्कृष्ट घोषित हुँदा काम गर्ने हौसला थपिएको उपाध्यायले बताए ।

    उत्कृष्ट १५ भित्र पर्नेमा आँबुखैरेनी तनहुँकाे एकमात्र गाउँपालिका हाे ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।