मेयर, उपमेयर सङ्क्रमित भएपछि व्यासमा अत्यावश्यक बाहेकका सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मेयर, उपमेयर सङ्क्रमित भएपछि व्यासमा अत्यावश्यक बाहेकका सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७८, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख, उपप्रमुख र केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    माघ ११ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सिलसिलामा मतदाताहरुले कोभिड–१९ को अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने निर्वाचन आयोगको परिपत्रका आधारमा व्यास कोभिड अस्पतालमा पिसीआर परीक्षण गर्दा नगरप्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख मीरा जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।