धरमपानी जीप दुर्घटनामा निधन भएकाप्रति भण्डारीद्वारा श्रद्धाञ्जली व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धरमपानी जीप दुर्घटनामा निधन भएकाप्रति भण्डारीद्वारा श्रद्धाञ्जली व्यक्त

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७८, मंगलवार

    दमाैली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बन्दीपुरकाे धरमपानीमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । धरमपानीमा १३ औं दिनको पूण्यतिथीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा भण्डारीले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    धरमपानीमा भएको जीप दुर्घटनामा कांग्रेसका क्षेत्रीय प्रतिनिधी हरिबहादुर न्यौपाने र उनकी श्रीमती सुशीला न्यौपाने सहित ६ जनाको मृत्यु भएकाे थियाे ।

    श्रद्धाञ्जली सभामा जिल्ला सभापति जितप्रकाश आले ,उपसभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ ,जिल्ला सचिव लक्ष्मीभक्त खनाल, बन्दीपुर गाउँ कार्य समितिका सभापति कर्ण खत्री ,भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।