दुलेगौडा । लायन्स क्लव अफ तनहुँ खैरेनीटारले विपन्न परिवारलाई मंगलबार खाद्यान्न वितरण गरेको छ । क्लवले २१ परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो ।
क्लवका अध्यक्ष पिताम्बर तिमिल्सिना (सुरेन्द्र) को व्यक्तिगत खर्चमा खाद्यान्न सहयोग गरिएको क्लवका जिएलटी कोर्डिनेटर सुजित हिराचनले जानकारी दिए । क्लवका सहकोषाध्यक्ष शेषकान्त पौडेलले २१ परिवारलाई नै एक/एक केजी चिनी हस्तान्तरण गरेका थिए ।
लायन्स क्लव ३२५ बि १ नेपालका डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको क्लवले जनाएको छ।