बाइसजाँगरमा चोरी गरेको अभियोगमा लमजुङका दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाइसजाँगरमा चोरी गरेको अभियोगमा लमजुङका दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७८, शुक्रबार

    दमाैली । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरमा मोवाइल पसलबाट चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको वेशीशहर नगरपालिका–९ का २३ वर्षीय पूर्णबहादुर गुरुङ र दूधपोखरी गाउँपालिका–६ घर भई वेशीशहर नगरपालिका–८ बस्ने २५ वर्षीय विकास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    कात्तिक २९ गते अशोक श्रेष्ठले सञ्चालन गर्दै आएको कालिका मोवाइल एण्ड इलेक्ट्रोनिक पसल तोडफोड गरी विभिन्न कम्पनीका मोवाइल सेट, घडी, रिचार्ज कार्ड लगायत अन्दाजी रु पाँच लाख बराबरको सामग्री चोरी गरेको अभियोगमा निजहरुलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    प्रहरीले निजहरुको साथबाट विभिन्न कम्पनीका ११ थान मोवाइल बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध चोरी मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।