दमाैली । मालपोत कार्यालय तनहुँले एक साता सेवा स्थगित गर्ने निर्णय गरेको छ । कार्यालयका केही कर्मचारीमा ओमिक्रोन भेरियन्टसँग मिल्दोजुल्दो लक्षण देखिएकाले माघ १ गतेदेखि २१ गतेसम्म सेवा स्थगित गरिएको हो ।
कार्यालयमा सेवाग्राहीको भीड देखिएको हुँदा कर्मचारी र सेवाग्राहीको हितलाई ध्यानमा राखी सङ्क्रमणको जोखिम कम गर्न कार्यालयबाट प्रदान गरिने लिखत पारित, रोक्का फुकुवा, नामसारी, दाखिल खारेज, संशोधन सेवाहरु स्थगित गरिएको प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेलले बताए ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।