


दमाैली । व्यास नगरपालिका–२ निवासी डाली शाहीले हराएको मोवाइल पाएकी छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको सहयोगमा शाहीले मोवाइल फेला पारेकी हुन् ।
पुस २६ गते दमौलीबाट पोखरा जाँदै गर्दा शाहीको २६ हजार मूल्य पर्ने मोवाइल हराएको थियो । उनले मोवाइल हराएको भनी प्रहरीमा निवेदन दिएकामा प्रहरीले शुक्रबार म्याग्दे गाउँपालिकास्थित अकलाबाट मोवाइल फेला पारी बुझाएको हो ।