पराशर माविमा पौडेल दम्पत्तिद्वारा ‘हेमउषा’ अक्षयकाेष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पराशर माविमा पौडेल दम्पत्तिद्वारा ‘हेमउषा’ अक्षयकाेष स्थापना

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७८, शनिबार

    दमाैली । व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयमा ‘हेमकला’ गरिब तथा जेहेन्दार अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका पूर्व प्रधानाध्यापक हेम पौडेल र व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीले विद्यालयको ३० औं वार्षिकोत्सवको अवसरमा उक्त अक्षयकोष स्थापना गरेका हुन् ।

    अक्षयकोषको राशी एक लाख सात हजार सात सय ७८ रहेको छ । अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पौडेलले बताए ।

    यसैगरी विद्यालयमा निजी स्रोत शिक्षक वयवस्थापनका लागि बेनीपाटन टोल विका ससंस्थाका अध्यक्ष परशुराम गिरीले दश हजार सहयोग गरेका छन् ।

    विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले विद्यालयको शैक्षिक स्तर सुधार्नका लागि सबै क्षेत्रबाट सहयोग भइरहेको बताए ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।