बन्दीपुर । बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक महिनामै परिवर्तन भएका छन् । पुस १८ गतेमात्र प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका नइन्द्रप्रसाद दाहाल एक महिनामै सरुवा भएका हुन् ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामदत्त भट्ट आएका छन् । उनलाई गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ लगायतले स्वागत गरेका छन् ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत दाहाल गाउँपालिकामा आएको केही दिनमै कार्यालय छाडेर हिँडेका थिए । स्थानीय तहमा काम गरेको कुनै अनुभव नभएको भन्दै उनले आफूले काम गर्न सक्दिन भनेको स्रोतले जनाएको छ । “मलाई कोरोना लाग्यो भनेर हाकिमसाब हिँड्नुभएछ, २८ गतेसम्म विदा लेख्नुभएको रहेछ, म काम गर्न सक्दिन भनेका थिए,” स्रोतले भन्यो ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।