तनहुँमा डोरी तान सङ्घ गठन, अध्यक्षमा कैनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा डोरी तान सङ्घ गठन, अध्यक्षमा कैनी

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७८, मंगलवार

    दमौली । तनहुँमा नेपाल डोरी तान सङ्घ गठन भएको छ। मङ्गलबार दमौलीमा सम्पन्न खेलाडीको भेलाले अमित कैनीको अध्यक्षतामा सङ्घ गठन गरेको हो ।

    सङ्घको उपाध्यक्षमा विनय राउत, सचिवमा सन्तोष श्रेष्ठ, सहसचिवमा अर्विन थापा, कोषाध्यक्षमा परशुराम ढुंगाना र सदस्यहरुमा राहुल गुरुङ, महेश श्रेष्ठ, अमृत गुरुङ, सुदिप पौडेल, अजित पन्थ र भरत पराजुली चयन भएका छन् ।

    खेलकुद विकास समिति तनहुँले उक्त सङ्घलाई मान्यता दिएको छ । समितिले मङ्गलबार नै खेलकुद परिषद्लाई यसबारेमा जानकारी दिएको छ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।