दमौली । नेपाली कांग्रेस तनहुँले विेभिन्न विभाग गठन गरेको छ । आइतबार बसेको पार्टीको बैठकले विभिन्न विभाग गठन गरी प्रमुख तोकेको छ ।
निवर्तमान सभापति वैकुण्ठ न्यौपानेलाई विकास तथा स्थानीय तह समन्वय, उपसभापति देवकुमार श्रेष्ठलाई प्रशिक्षण विभाग र निवर्तमान सचिव विश्व बॉस्तोलालाई संगठन विभागको प्रमुखको जिम्मा दिइएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
जिल्ला सभापति जितप्रकाश आलेकाे अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य शङ्कर भण्डारीकाे उपस्थिति थियाे ।