


दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरम आइतबार साँझ जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय मनोज खनाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग २ च ७४७४ नम्बरको बोलेरो जीपले विपरित दिशातर्फ जाँदै गरेको ग ७ प ५८२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक खनालको मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा घाइते खनालको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।