दुलेगाैडा । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले वडा इन्चार्ज तोकेको छ । नगर कमिटीको बैठकले यहाँका १२ वडामा इन्चार्ज तोकेको हो ।
आइतबार पदस्थापनासँगै बसेको नवनिर्वाचित नगर कमिटीको पदाधिकारी बैठकले वडा इन्चार्ज तोकेको अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर १ को इन्चार्ज भोजराज बराललाई तोकिएको छ । २ मा खेमबहादुर गुरुङ, ३ मा हरिप्रसाद लम्साल, ४ मा राजु राना, ५ मा पहलसिङ विक, ६ मा श्रीराम अधिकारीलाई वडा इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
वडा नम्बर ७ मा बुद्धिबहादुर खत्री, ८ मा भद्रबहादुर खत्री, ९ मा रनबहादुर विक, १० मा यम खाण ठकुरीले इन्चार्जको जिम्मेवारी पाएका छन । नगर कमिटीको निर्णय अनुसार वडा नम्बर ११ मा रामप्रसाद सिग्देल र १२ मा बलभद्र गौतमले जिम्मेवारी पाएका छन ।
यस्तै नगर कमिटीले श्रीराम अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ । माओवादिले शुक्लागण्डकी नगर कार्यलय दुलेगौंडा नगरपालिका गेटको अगाडि स्थापना गरेको छ ।