दमाैली । तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार एक सय ६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ३४ हजार चार सय तीन छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको थियो ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत एवं सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार छ सय ५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार छ सय र भिमाद नगरपालिकाका दुई हजार सात सय बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
म्याग्दे गाउँपालिकाका एक हजार चार सय चार, घिरिङ गाउँपालिकाका एक हजार दुई सय आठ, ऋषिङ गाउँपालिकाका दुई हजार २१, देवघाट गाउँपालिकाका एक हजार चार सय ५४, बन्दीपुर गाउँपालिकाका एक हजार सात सय चार र आँबुखैरेनी गाउँपालिकाका दुई हजार तीन सय ७९ बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
पहिलो मात्रा लगाउनेको सङ्ख्या भने भानुमा तीन हजार चार सय ८०, व्यासमा दश हजार ८०, म्याग्देमा एक हजार पाँच सय ७७, शुक्लागण्डकीमा छ हजार एक सय दश, भिमादमा तीन हजार ४७, घिरिङमा एक हजार चार सय १२, ऋषिङमा दुई हजार एक सय ६९, देवघाटमा एक हजार सात सय २९, बन्दीपुरमा दुई हजार ५३ र आँबुखैरेनीमा दुई हजार सात सय ४६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुई लाख नागरिकले लगाए पूरा मात्रा
यसैबीच १८ वर्षभन्दा माथिका दुई लाख बढीले कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाएका छन् । भानुका २६ हजार दुई सय ५०, व्यासका ५५ हजार सात सय ७९, म्याग्देका १४ हजार ३९, शुक्लागण्डकीका ३६ हजार पाँच सय ४६ ले पूरामात्रा खोप लगाएका छन् ।
भिमादका १७ हजार आठ सय ९३, घिरिङका आठ हजार पाँच सय ५३, ऋषिङका ११ हजार दुई सय २४, देवघाटका आठ हजार नौ सय ४१, बन्दीपुरका ११ हजार आठ सय ४९ र आँबुखैरेनीका १५ हजार आठ सय ८७ ले पूरा मात्रा खोप लगाएका छन् ।
सात हजारलाई बुस्टर डोज
यसैगरी सात हजार चार सय ३२ ले तेस्रो मात्रा (बुस्टर) खोप लगाएका छन् । कोभिडशिल्डको तेस्रो मात्रा लगाउनेको सङ्ख्या छ हजार दुई सय ५३, एक हजार एक सय ७५ ले भेरोसेल र चार जनाले जोन्सनको तेस्रो मात्रा खोप लगाएका छन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।