जर्मन चिकित्सकले चलाए दन्त शिविर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जर्मन चिकित्सकले चलाए दन्त शिविर

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७८, मंगलवार

    दुलेगाैडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फुलवारी शहीद अस्पतालमा तीन दिने दन्त शिविर सञ्चालन गरिएको छ । जर्मनीबाट आएका स्वंयसेवी दन्त विशेषज्ञ सहितको टोलीले शिविरमा स्थानीयलाई सेवा दिएका हु्न् । जर्मनीबाट आएका ६ जनाको टोलीले शुक्रबारदेखी आईतबारसम्म शिविर सञ्चालन गरेका थिए ।

    शिविरबाट ९५ जना लाभान्वित भएको अस्पतालकी प्रमुख डा. प्रतिक्षा आलेले बताईन् । उनका अनुसार ४० जनाको दाँत निकालिएको छ । २५ जनाले दाँत भर्ने सेवा लिए । १५ जनाले साधारण सेवा लिएको डा. आलेले जानकारी दिईन् । उनका अनुसार १५ जनाको दाँतमा संक्रमण देखिएकाले एन्टिवायोटिक औषधि दिईएको छ । ‘औषधि दिईएकालाई दुई हप्तापछि फलोअपको लागि बोलाएका छौँ । त्यतिबेला पनि जर्मनीबाटै चिकित्सकहरु आउनेछन्’, उनले भनिन् ।

    तनहुँको शुक्लागण्डकीसँगै स्याङजाका हरिनास गाउँपालिकाका सर्वसाधरणले शिविरबाट सेवा लिएका हुन् । अस्पतालमा दन्त सेवा प्रदानका लागि आवश्यक उपकरण भएपनि जनशक्ति अभावमा सेवा दिन नसिकएको डा. आलेले बताईन् । ‘यस क्षेत्रका सर्वसाधरणले दन्त सेवाको माग गर्नुहुन्छ । जनशक्तिको अभावमा दिन सकेका छैनौँ । बर्षमा एक पटक हुने शिविर कुरेर सेवा लिनुपर्ने बाध्यता छ’, उनले भनिन् । बर्षमा एक पटक जर्मनीबाटै चिकित्सकहरु आएर निशुल्क दन्त शिविर सञ्चालन गर्ने गरेका छन् । बर्षमा दुईदेखी १४ दिनसम्म दन्त शिविर चलाउने गरिएको छ ।