दमौली अस्पताल व्यवस्थापन समितिका पदाधिकारीद्वारा पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताल व्यवस्थापन समितिका पदाधिकारीद्वारा पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७८, बुधबार

    दमौली । दमौली अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष तथा सदस्यले पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्त भएका अध्यक्ष देवेन्द्र थापा सहित सदस्यहरुले बुधबार पदभार ग्रहण गरेका हुन् ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेलले अध्यक्ष तथा सदस्यलाई स्वागत गरेका थिए ।

    सो क्रममा नवनियुक्त अध्यक्ष थापाले अस्पतालको सुधार र स्तरोन्नति एकमात्र लक्ष्य रहेको बताए ।

    समितिको सदस्यमा खड्क पामी आले, केशबहादुर सुनार, सिर्जना तिवारी लगायत नियुक्त भएका छन् ।

    चार महिनापछि सरकारले अस्पतालमा अध्यक्ष तथा सदस्य नियुक्त गरेको थियो ।