प्लम्बिङ तालिम सिक्दै म्याग्देका महिला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    प्लम्बिङ तालिम सिक्दै म्याग्देका महिला

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७८, बिहीबार

    म्याग्दे । पुरुषले मात्रै गर्दै आएको प्लम्बिङ पेशाप्रति महिलाको पनि रुची बढ्न थालेको छ । घरायसी काममा व्यस्त रहने म्याग्देका महिलाको प्लम्बिङमा रुची बढेपछि उनीहरुलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको छ ।

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)गण्डकी प्रदेश, महिला उद्यमी संघ नेपाल तनहुँ, र तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको संयुक्त आयोजना तथा म्याग्दे गाउँपालिकाको साझेदारीमा महिलाका लागि उक्त तालिम बुधबारदेखि सुरु गरिएको छ ।

    तालिममा गाउँपालिकाका विभिन्न वडाका २० जना महिलाको सहभागिता रहेको छ ।  गाउँपालिका प्रमुख माया रानाले महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन यस्ता खालका तालिमले सहयोग गर्ने बताइन् ।

    विगतका दिनहरुमा तालिम पश्चात सोही अनुसारको उद्यम नगर्दा तालिमले महिलाहरुलाई रोजगारीसँग जोडन नसकेको भन्दै रानाले प्राविधिक विषयमा महिलाहरुलाई मात्र लक्षित गरी सुरु भएको यो तालिम पहिलो भएको जानकारी दिइन् ।
        
    त्यस्तै कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले विगतमा महिलाहरुबाट सिलाइ–कटाइ, हस्तकला लगायतका तालिमको मात्र माग हुने गरेपनि अहिले महिलाहरु प्रविधिमा अगाडि बढ्न चाहेको बताए ।