दमौली । जबरजस्ती करणी उद्योगमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेपछि नायक पल शाहले दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा प्रष्टीकरण लेख्दै शाहले आफूलाई नियोजित रुपमा फसाउन खोजिएको बताए ।
’जुन आरोप म माथि लगाईएको छ ती सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ,’ उनले भने।
पलले ती गायिकाको नाम नै उल्लेख गरी दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले आफूमाथि षड्यन्त्र गरेको आरोप लगाएका छन्।