दमाैली । नेकपा माओवादी केन्द्र म्याग्दे गाउँपालिका–१ का वडाध्यक्ष एवं वाइसिएल तनहुँका सचिव अनिल अधिकारीले राजिनामा दिने घाेषणाा गरेका छन् । एमसिसी प्रकरणमा जनताको आँखामा छारो हालिएको भन्दै अधिकारीले पदबाट राजिनामा दिएका हुन् ।
उनले आइतबार साँझ फेसबुकमा लेखेका छन्, “जनता र पार्टीका सदस्यको आँखामा छारो हालिएकाले आजैदेखि राजिनामा दिएको छु, राजिनामा पत्र केही दिनमा अध्यक्षको आइपुग्नेछ, कृपया फोन गरेर फकाउने प्रयास नगर्नुहोला ।”