मुक्तिनाथ कृत्रिम हिमाल आकृतिको उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    मुक्तिनाथ कृत्रिम हिमाल आकृतिको उदघाटन

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७८, मंगलवार

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा निर्माण गरिएको कृत्रिम हिमाल आकृतिको मंगलबार उद्घाटन गरिएको छ । धाममा मंगलबार आयोजित शिवरात्री मेलाको अवसरमा गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले हिमाल आकृतिको उद्घाटन गरेकी हुन् ।

    गण्डकी प्रदेश सरकारको २० लाख बजेट सहयोगमा हिमाल निर्माण गरिएको धामका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । १०८ धारा माथि अन्नपूर्ण हिमश्रृङ्खलाको झल्को दिने गरि हिमालय आकृति निर्माण गरिएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कोइरालाले च्यवनधाम गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको बताइन् ।