विद्यालयबाटै हराएकी खातुन तीन दिनपछि फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यालयबाटै हराएकी खातुन तीन दिनपछि फेला

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७८, आईतवार

    दमाैली । तीन दिन अगाडी विद्यालयको छात्रावासबाट हराएकी एक बालिका फेला परेकी छन् । व्यास नगरपालिका–५ शेरास्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षामा अध्ययनरत बौद्धिक अपाङ्गता भएकी १४ वर्षीया सलिना खातुन शनिबार भेटिएकी हुन् ।

    भनु नगरपालिका–३ तुरतुरे घर भई विद्यालयको विशेष कक्षामा अध्ययनरत खातुन बिहीबारदेखि हराएकी थिइन् । तुरतुरेकै एक व्यक्तिले गोरखा जाने क्रममा ती बालिकालाई देखेपछि आफन्तलाई खबर गरिदिएका थिए । ती व्यक्तिले उनलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा जिम्मा लगाइदिएका थिए । अहिले ती बालिकालाई प्रहरीले आमाको जिम्मा लगाएको उनका आफन्त अजिमा खातुनले जानकारी दिइन् । “उनी कसरी आँबुखैरेनी पुगिन् भन्ने बारेमा केही जानकारी छैन, उनले भन्न सक्ने अवस्था पनि छैन,” खातुनले भनिन् ।

    विद्यालयबाट हराएलगत्तै खोजीकार्यका लागि प्रहरीमा पनि निवेदन दिइएको थियो । विद्यालयमा १७ जना बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् ।