विद्यार्थी मृत्यु प्रकरण : डुम्रे वेशीसहर सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यार्थी मृत्यु प्रकरण : डुम्रे वेशीसहर सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७८, बुधबार

    दमौली । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीको आन्दोलनका कारण डुम्रे–वेशीशहर सडखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको छ । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएपछि आक्रोशित स्थानीयवासीको आन्दोलनका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

    फ्युचरस्टार आवासीय माविमा कक्षा १० मा अध्ययनरत श्रेष्ठको विद्यालयको लापरवाहीका कारण मृत्यु भएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । श्रेष्ठले विद्यालयका छात्रावासमा पढेर अध्ययन गर्दै आएका थिए ।

    स्थानीयवासी सीताराम बजगाइँका अनुसार चार÷पाँच सय मानिस सडकमा टायर बालेर बसेका छन् । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले भानुको तुरतुरेदेखि नै सवारीसाधनलाई रोकेको छ ।

    स्थानीयवासीले मङ्गलबार नै विद्यालयमा तोडफोडको प्रयास गरेका थिए । जिल्ला प्रशासन कार्यालयले सिउँडीबजार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।