दमाैली । प्रेस चौतारी नेपालको पोखरामा हुने नवौं राष्ट्रिय महाधिवेशनको स्वागतका लागि तनहुँ शाखाले प्रदेशको प्रवेशद्वारमा स्वागत व्यानर राखेको छ । चौतारी तनहुँ शाखाले आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा बुधबार स्वागत व्यानर राखेको हो ।
चौतारीका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईको नेतृत्वमा शाखा अध्यक्ष राजकुमार श्रेष्ठ, कोषाध्यक्ष मदन तिमिल्सिना, सहसचिव किरण श्रेष्ठ र सदस्य सविन लामिछानेले पुलजीपमा स्वागत व्यानर राखेका हुन् । चौतारीको महाधिवेशन शुक्रबार र शनिबार पोखरामा हुँदैछ ।