दमाैली । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा तनहुँबाट तीन जना समेटिएका छन् । पोखरामा सम्पन्न नवौं महाधिवेशनबाट तनहुँका तीन जना केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन् ।
तनहुँबाट प्रकाशचन्द्र भट्टराई केन्द्रीय सदस्यमा चयन भएका छन् । उनी खुल्लातर्फबाट केन्द्रीय सदस्य चयन भएका हुन् ।
यस्तै नारायण खड्का र समुन्द्र पाैडेल अनुशासन आयोगमा सर्वसम्मत चयन भएका हुन् । आयोगको सदस्यको हैसियत केन्द्रीय कमिटी सदस्य सरह हुन्छ । तीन जना नै यसअघि केन्द्रीय कमिटी सदस्य थिए ।