दमाैली । नाबालिगलाई जबरजस्ती करणी अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि नायक पल शाहले मङ्गलबार अदालतमा बयान दिएका छन् । सरकारी वकिलको कार्यालयले मङ्गलबार नै शाह विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । लगत्तै शाहको बयान लिइएको हो ।
दिउँसो ३ बजेदेखि ५ बजेसम्म शाहको बयान लिइएको अदालतले जनाएको छ । बयान सकिएलगत्तै प्रहरीले शाहलाई प्रहरी कार्यालयको थुनामा लगेको छ ।
शाहको मतियारका रुपमा पक्राउ परेका कृष्ण जोशीको बयान बुधबार हुने भएको छ । बुधबार अदालत खुल्ने बित्तिकै उनको बयान लिइनेछ । जोशी विरुद्ध पनि सरकारी वकिलको कार्यालयले मङ्गलबार नै मुद्दा दर्ता गरेको छ ।